SHARE
पर्दाफास · आइबार​ १४ भौ २०८३ ०२:५६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि बेपत्ता कर्मचारी, मजदुर र सर्वसाधारणको खोजीमा सम्पूर्ण शक्ति परिचालन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी, मजदुर तथा सर्वसाधारणको खोजी तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेर उपलब्ध सम्पूर्ण शक्ति परिचालन गरिरहेको बताएका छन् । प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण अपेक्षित सफलता हासिल गर्न कठिन भइरहेको उनले बताए ।