SHARE
पर्दाफास · शनिबार १३ भौ २०८३ ०२:२७ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक

राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट प्रभावित बालबालिकालाई पूर्वस्वीकृति तथा कानुनी प्रक्रियाबिना व्यक्तिगत वा संस्थागत संरक्षणका लागि ओसारपसार नगर्न र बाल गृहहरूमा नराख्न सचेत गराएको छ ।