SHARE
पर्दाफास · शनिबार १३ भौ २०८३ ०२:३७ PM · 1 मिनेट पढाइ

बाढीबारे परराष्ट्रमन्त्री खनालले भने– विदेशी नागरिकको उद्धार र समन्वयका लागि आपत्कालीन नियन्त्रण कक्ष स्थापना

परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछि बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको खोजी, उद्धार र पहिचानका लागि सरकारले सबै उपलब्ध स्रोतसाधन परिचालन गरेको बताएका छन् । शनिबार भोटेकोशी बाढीबारे आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले धेरै विदेशी नागरिकसमेत बेपत्ता भएकाले परराष्ट्र मन्त्रालयमा छुट्टै आपत्कालीन नियन्त्रण कक्ष स्थापना गरिएको जानकारी दिए ।