SHARE
पर्दाफास · शनिबार १३ भौ २०८३ १०:५० AM · 1 मिनेट पढाइ

रसुवा बाढी : ६२६ जनाको शव भेटियो, २३०१ जनाको उद्धार

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको अद्यावधिक तथ्याङ्क अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट २ हजार ३०१ जनाको उद्धार तथा प्राथमिक उपचार गरिएको छ भने २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् ।