देउवाको गर्दनमा धारिलो हतियार प्रहार, १२ वटा टाँका लगाइयो, निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
काठमाडौं : जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवाको गर्दनमाथि धारिलो हतियार प्रहार भएको नेपाली कांग्रेसले जनाएको छ। गर्दनमाथि धारिलो हतियारले काटिँदा १२ वटा टाँका लगाउनु परेको कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।उनका अनुसार हतियारको विषयमा भने पुष्टि हुन सकेको छैन। 'डाक्टरले धारिलो हतियार प्रहारबाट गर्दनमाथिको छाला काटिएको र १२ वटा टाँका लगाइएको भन्नुभएको छ। तर, कस्तो हतियार प्रहार भयो भन्ने कुरा खुलेको छैन।
