SHARE
अन्नपूर्ण · शनिबार ४ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

केन्द्रीय पार्टी कार्यालय सरसफाइमा सहयोग गर्न कांग्रेसको आग्रह

काठमाडौं : नेपाली कांग्रेस आगजनीबाट ध्वस्त भएको केन्द्रीय पार्टी कार्यालय भवन सरसफाइमा सहयोग गर्न आग्रह गरेको छ। कांग्रेस  सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै असोज ५ गते (आइतबार)देखि पार्टी कार्यालय सरसफाइ हुने भएकाले सहयोग गर्न आग्रह गरेका हुन्।  पार्टी कार्यालयमा भएको सम्पूर्ण क्षतिको विवरण आइतबार सार्वजनिक गरिने भन्दै उनले शोकलाई शक्तिमा बदलेर उस्तै जोस जाँगर र उत्साहका साथ देश र जनताका लागि क्रियाशील हुने उल्लेख गरे।