नेपाल र वेष्टइन्डिजबीचको खेलको टिकट मूल्य कति छ ?
काठमाडौं : नेपाल र वेष्टइन्डिजबीचको युनिटी कपको टिकटको मूल्य निर्धारण गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) आयोजकको रूपमा रहेको यो सिरिज दुबईस्थित शारजाह क्रिकेट मैदानमा हुनेछ। खेलको टिकट मूल्य यूएईको ५० दिरामदेखि ४०० दिरामसम्म तोकिएको छ। नेपाली मूल्यमा रुपान्तरण गर्दा १९२९ देखि १५ हजार ४३९ सम्मको टिकट काटेर समर्थकले खेल हेर्न पाउनेछन्। नर्थवेष्ट स्ट्यान्ड र नर्थ इष्ट स्ट्यान्डका लागि सबैभन्दा सस्तो ५० दिराम (१हजार ९२९ नेपाली रुपैयाँ) रहेको छ।
