SHARE
अन्नपूर्ण · शनिबार ४ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

सार्वजनिक र निजी सम्पत्तिमा गरिएको आगजनीप्रति कांग्रेसको भर्त्सना, न्यायिक छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्न माग

काठमाडौं : नेपाली कांग्रेसले सार्वजनिक र निजी सम्पत्तिमाथि गरिएको तोडफोड र आगजनीप्रति आपत्ति जनाएको छ। शुक्रबार बसेको कार्यसम्पादन बैठकले सार्वजनिक र निजी सम्पत्तिमाथि भएको घटनाको न्यायिक छानबिन गर्न मागसमेत गरेको छ।'देशभरि सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गरिएको घटनाप्रति कडा शब्दमा निन्दा गर्दछौं। घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न उच्च न्यायिक छानबिन समिति गठन गर्न माग गर्दछौं,' बैठकको निर्णय सुनाउँदै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने।