SHARE
अन्नपूर्ण · शनिबार ४ असो २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

संसद्मा भाषण गर्दै विश्वकै पहिलो एआई मन्त्रीले के भनिन् ?

काठमाडौं : अल्बानियाले विश्वको पहिलो एआई मन्त्री नियुक्त गरेको छ। यसको नाम डिएला हो। यो अल्बानियाको राष्ट्रिय सूचना समाज एजेन्सीले माइक्रोसफ्टसँगको सहकार्यमा विकास गरेको कृत्रिम बुद्धिमत्ताको एक रूप हो।अल्बानियाकी एआई मन्त्री डिएलाले पहिलो पटक संसद्लाई सम्बोधन गरेकी छन्। संसद्लाई सम्बोधन गर्दै उनले विपक्षीले बारम्बार आफ्नो नियुक्तिलाई असंवैधानिक भनेको बताइन्। विपक्षी दलका यी आरोपबाट आफू दुखित भएको बताइन्।    उनले आफू केवल मानिसहरूलाई मद्दत गर्नका लागि अस्तित्वमा आएको बताइन्।