SHARE
पर्दाफास · शनिबार १३ भौ २०८३ ०४:५२ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितका लागि अमेरिकाले पठायो पहिलो चरणको राहत सामग्री

नेपाल सरकारको अनुरोध अनुसार संयुक्त राज्य अमेरिकाले बाढी प्रभावित नागरिकका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराउन सुरु गरेको छ। अमेरिकी नियोग उपप्रमुख स्कट अर्बोमले बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाएका छन्। उक्त राहत सामग्री क्याथोलिक रिलिफ सर्भिसले नेपालस्थित कार्यान्वयन साझेदार कारितास नेपालमार्फत रसुवाका दुई वटा विद्यालय क्षेत्रमा वितरण गर्नेछ।