SHARE
पर्दाफास · शनिबार १३ भौ २०८३ ०३:११ AM · 1 मिनेट पढाइ

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्कीको पोखरामा सडकमै आएको भेलले बगाउँदा आमा छोरीको मृत्यु भएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार वर्षापछि सडकको नालीमा आएको भेलले बगाउँदा पोखरा महानगरपालिका-३० ढुंगेपाटनकी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षकी छोरी रानीको मृत्यु भएको हो ।