बाढीपीडितको उद्धारमा भारतको सहयोग जारी, तेस्रो उडानमार्फत राहत सामग्री र उद्धार टोली आइपुग्यो
भारतबाट बाढी प्रभावित नेपालका लागि राहत सामग्री तथा उद्धार टोलीसहितको तेस्रो उडान काठमाडौं आइपुगेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत तेस्रो उडान काठमाडौं पुगेको जानकारी दिएका हुन्। उनका अनुसार उक्त उडानमार्फत राहत सामग्रीसँगै ११ सदस्यीय मेडिकल तथा टनेल उद्धार टोली नेपाल पुगेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
