SHARE
पर्दाफास · शुक्रबार​ १२ भौ २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

रसुवा बाढी : उद्धार भएका २१ नागरिकलाई स्वागत गर्दै भारतीय विदेशमन्त्रीले दिए नेपाललाई धन्यवाद

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा फसेका आफ्ना २१ नागरिकको उद्धार गरेको भन्दै भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपाल सरकार र नेपाली सेनालाई धन्यवाद दिएका छन्। नेपालमा बाढीबाट उद्धार गरिएका तमिलनाडुका २१ तीर्थयात्री शुक्रबार भारत फर्किएपछि जयशंकरले उनीहरूलाई स्वागत गरेका हुन्। उनीहरू कैलाश मानसरोवर यात्राका क्रममा नेपालमा बाढीमा फसेका थिए।