SHARE
पर्दाफास · शुक्रबार​ १२ भौ २०८३ ०१:१० PM · 1 मिनेट पढाइ

मानवीय सहायता सामग्रीसहित तेस्रो विमान पठाउने तयारीमा भारत

भारतले बाढी प्रभावित नेपालका लागि मानवीय सहायता सामग्री बोकेका अर्को विमान पठाउने तयारी गरेको छ । यसअघि दुईवटा विमान पठाएको र आज साँझ तेस्रो विमान पठाउने तयारी भइरहेको भारतीय विदेश मन्त्रालय (एमईए)का प्रवक्ता रणधीर जयसवालले शुक्रबार बताएका छन्। विनाशकारी आकस्मिक बाढीपछि नयाँदिल्लीले राहत तथा उद्धार सहयोग थप तीव्र बनाइरहेको छ।