SHARE
पर्दाफास · शुक्रबार​ १२ भौ २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

कैलाश मानसरोवर यात्रा गर्न गएका ३७ भारतीय तीर्थयात्री सुरक्षित

कैलाश मानसरोवर यात्रा पूरा गरी फर्कने क्रममा तिब्बतको सागामा अलपत्र परेका भारत महाराष्ट्रका ३७ जना तीर्थयात्री सुरक्षित रूपमा काठमाडौंका लागि प्रस्थान गरेका छन्। तीर्थयात्रीहरूको समूह शुक्रबार बिहान ६ बजे न्यालम चेकपोस्ट हुँदै सागाबाट काठमाडौंका लागि प्रस्थान गरेको हो। ठाणे, पुणे, अलिबाग, रायगड र डोम्बिवलीका ३७ जना तीर्थयात्री कैलाश मानसरोवर यात्रामा गएका थिए।