SHARE
पर्दाफास · शुक्रबार​ १२ भौ २०८३ ०१:२१ AM · 1 मिनेट पढाइ

बाढीले अवरुद्ध विद्युत् आपूर्ति नियमित हुँदै

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन् । बाढीका कारण केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर काम गरेर विद्युत् सेवा सञ्चालनमा राखेको उनले जानकारी दिए ।