SHARE
पर्दाफास · बिहीबार ११ भौ २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

ट्रेड युनियन काँग्रेसले राहत संकलन सुरु गर्ने, सरकारसमक्ष पाँच बुँदे माग

रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक विनाशकारी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल ट्रेड युनियन काँग्रेसले सक्रियता देखाएको छ । ०८३ भाद्र ११ गते नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरको अध्यक्षतामा राष्ट्रिय समितिको आकस्मिक बैठकले विभिन्न समितिहरु समेत गठन गरेको छ ।