SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गराइँदै

काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सञ्चार टावरहरुलाई सुचारु गरिएको छ । बाढीले क्षति पुर्‍याएका विभिन्न जिल्लाका टावर मर्मतपछि पुनः सञ्चालन गरिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । रसुवाको न्यौपानेचौर र राम्चेको रिपेयर साइटमा हेलिकप्टरबाट जेनेरेटर तथा ब्याट्री पठाई टावर मर्मत गरी सेवा सञ्चालन गरिएको हो ।