सत्तारुढभन्दा प्रमुख प्रतिपक्ष कांग्रेस बढी जिम्मेवार र परिपक्व हुनुपर्छ: प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा नेपाली काँग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताएका छन् । बुधवार काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै पौडेलले आगामी १५ औं महाधिवेशनबाट आउने नयाँ नेतृत्वले चुनौतीपूर्ण समयमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए ।
