मानसरोवर जाने तीर्थ यात्री बोकेका ४० बस सम्पर्कविहीन
काठमाडौं । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायात क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीमा यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति पुगेको र चालक, सहचालक तथा सवारी मजदुरसमेत सम्पर्कविहीन रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
