SHARE
पर्दाफास · बिहीबार ११ भौ २०८३ १२:०४ PM · 1 मिनेट पढाइ

बाढीमा परेका आफन्त खोज्दै हुनुहुन्छ ?, पहिचान हुन नसकेका शवहरूको अब क्युआर स्क्यान गरेर हेर्न सकिने

रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएकोहरूको शव संकलन गरेर प्रहरीले सूची तयार पारेको छ । संकलन गरिएका तर सनाखत नभएका शवहरूको सूची नेपाल प्रहरीले तयार पारेको हो । प्रहरीले शव चिन्न सहज होस् भनेर अनुहार तथा हुलिया देखाएर तस्वीर समेत सूचीमा राखेको छ । क्युआर स्क्यान गरी उक्त सूची हेर्न सकिने छ ।