वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध भएको नुवाकोटका विभिन्न क्षेत्रको विद्युत् आपूर्ति नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत पुनःसुचारु गरेको छ। बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ।
