SHARE
पर्दाफास · बिहीबार ११ भौ २०८३ ०४:३४ AM · 1 मिनेट पढाइ

चीनबाट सामान बोकेर आएका ५०० भन्दा धेरै कन्टेनर बाढीमा बेपत्ता

भोटेकोशी नदीमा बुधबार आएको भिषण बाढीले गर्दा रसुवागढी नाका समेत अब अनिश्चिीत समयका लागि ठप्प भएको छ । बाढीका कारण चीनबाट नेपाल भित्रिने सयौं कन्टेनर सामान बगेका छन् । नाका अबरुद्ध हुँदा दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्न सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ ।