रास्वपाद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग घोषणा, सबै राजनीतिक गतिविधि स्थगित
चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायतका जिल्लाका तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुःख व्यक्त गरेको छ । रास्वपा सचिवालयको बुधबार बसेको बैठकले विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि पार्टीका तर्फबाट ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
