SHARE
पर्दाफास · बुधबार १० भौ २०८३ ०३:४५ PM · 1 मिनेट पढाइ

रसुवा बाढी : १५ भन्सार कर्मचारी सम्पर्कविहीन, दुई घाइतेको काठमाडौंमा उपचार

रसुवागढी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी भन्सार कार्यालय र नाकाको व्यापारमा ठूलो क्षति पुगेको छ। बुधबार साँझ ८ बजेसम्मको प्रारम्भिक विवरणअनुसार भन्सार कार्यालयका १५ जना कर्मचारी सम्पर्कविहीन रहेका छन्। बाढीमा परेर घाइते भएका रसुवागढी भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा ९नासु० धर्मराज शाही र तिलक पराजुलीलाई उद्धार गरी काठमाडौं ल्याइएको छ।