SHARE
पर्दाफास · बुधबार १० भौ २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

मोदीले गरे प्रधानमन्त्री बालेनलाई फोन, भने– सबै सहयोग गर्न तयार छौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । मोदीले बाढीबाट प्रभावित नेपालीप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपालका नागरिकसँग ऐक्यबद्धताका साथ उभिएको बताएका छन् ।