रसुवा बाढी : ४६ जनाको शव भेटियो
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म ४६ जनाको शव फेला परेको छ भने ९३ जना घाइतेको उद्धार गरिएको बागमती प्रदेश प्रहरीले जनाएको छ। बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा सुरक्षा निकायले खोजी तथा उद्धार अभियान तीव्र बनाएका छन्। बेपत्ता भएकाहरूको खोजीका साथै जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।
