SHARE
पर्दाफास · बुधबार १० भौ २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन

नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा चीनको तिब्बती भू–भागबाट आएको बाढीले मालवाहक सवारीसाधन, यातायात व्यवसायी तथा मजदुरहरू प्रभावित भएको जनाएको छ । महासंघका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको छ भने बेत्रावती क्षेत्रमा पार्किङ गरिएका मालवाहक सवारीसाधनमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।