SHARE
पर्दाफास · बुधबार १० भौ २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

रसुवा बाढी अपडेट : भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकसहित २६ जना कर्मचारी सम्पर्कमा आएका छन् भने १४ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ । कार्यालयका अनुसार ३६ जना स्थायी दरबन्दी रहेका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आइसकेका छन् ।