SHARE
पर्दाफास · बुधबार १० भौ २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

चीनले दियो रसुवामा पुनः बाढी आउन सक्ने चेतावनी, ७ मिटर अग्लो ‘ड्याम’ जुनसुकै बेला फुट्न सक्ने

रसुवामा पुनः बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का एक अधिकारीका अनुसार चिनियाँ पक्षबाट प्राप्त जानकारीमा फुटेको भनिएको हिमताल क्षेत्रमा अझै करिब ७ मिटर अग्लो पानी थुनिएर बनेको ड्याम रहेको र त्यो जुनसुकै बेला फुट्न सक्ने जानकारी दिइएको छ।