SHARE
पर्दाफास · बुधबार १० भौ २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : १२ जनाको उद्धार

रसुवा बाढीबाट प्रभावित भएका १२ जनाको नेपाली सेनाले उद्दार गरेको छ । नेपाली सेनाका अनुसार रसुवाका विभिन्न ठाउँहरुबाट हेलिकप्टरमार्फत १२ जनाको उद्धार गरिएको हो । अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।