रसुवामा बाढीको वितण्डा : वडासदस्य घले भन्छन्- ‘केही पनि बाँकी छैन, हामी उद्धारको पर्खाइमा छौँ’
तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्याएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती तथा संरचना बगाएको प्रारम्भिक विवरण आएको छ। क्षतिको यकिन विवरण भने आउन बाँकी छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका वडासदस्य पेमा दोर्जे घलेका अनुसार बाढीपछि ठूलो संख्यामा स्थानीय नागरिक उद्धारको पर्खाइमा रहेका छन्।
