SHARE
पर्दाफास · बुधबार १० भौ २०८३ ०४:२५ AM · 1 मिनेट पढाइ

चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति, टिमुरे क्षेत्रको अवस्था अज्ञात

चीनतर्फबाट आएको ठूलो बाढीका कारण रसुवा जिल्ला हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेको छ। बुधबार बिहान करिब साढे ८ बजेदेखि आएको बाढीले टिमुरे , स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ।