SHARE
पर्दाफास · बुधबार १० भौ २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : सेनाले पठायो दुई हेलिकप्टर

नेपाली सेनाले बाढी प्रभावित क्षेत्र रसुवामा उद्धार तथा राहतका लागि दुई वटा हेलिकप्टर पठाएको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर रसुवातर्फ पठाइएको हो। थप एउटा हेलिकप्टरसमेत पठाउने तयारी भइरहेको छ। त्यस्तै, सेनाको टोली स्थलमार्गबाट पनि घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ।