SHARE
पर्दाफास · मङगलबार ९ भौ २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

नेपालमा यस वर्ष मनसुन कमजोर : ६० दिनमा ८९.९ प्रतिशत मात्रै वर्षा

यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागअन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्जार्ज सुजन सुवेदीले असार ५ देखि भदौ १ गतेसम्म देशभर मापन गरिएको कुल वर्षा ७४६ दशमलव ८ मिलिमिटर रहेको जानकारी दिए।