SHARE
पर्दाफास · मङगलबार ९ भौ २०८३ १२:०० PM · 1 मिनेट पढाइ

नाडा अटो शो लक्षित मुक्तिनाथ विकास बैंकको अटो लोन योजना, ५.५४ प्रतिशत ब्याजदर

मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हाल बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउन सक्नेछन् । बैंकले यस योजना अन्तर्गत Base Rate +0 प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो ।