SHARE
पर्दाफास · मङगलबार ९ भौ २०८३ ०९:५५ AM · 1 मिनेट पढाइ

घरेलु श्रमलाई औपचारिकरण गर्न सरकार अघि बढिरहेको छ : मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले घरेलु श्रमलाई नियमन गर्दै औपचारिक क्षेत्रमा ल्याउने दिशामा काम गरिरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने विषयमा सरकार स्पष्ट रहेको बताए ।