बानेश्वरमा महिला प्रहरीमाथि हातपात, एक जना पक्राउ
काठमाडौंको बानेश्वरमा महिला प्रहरीमाथि हातपात भएको छ। मंगलबार बिहान काठमाडौंको बानेश्वरमा खटिएकी महिला प्रहरी जवानमाथि एक पुरूषले हातपात गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार ती पुरूषलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा जुम्ला तातोपानी गाउँपालिका वडा २ घर भई हाल बानेश्वर-१० मा बस्ने २७ वर्षका राज कठायत छन्।
