SHARE
पर्दाफास · मङगलबार ९ भौ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

नेपाल विशेष सेवा ऐन जगाउने विधेयक विधायन समितिमा पठाइयो

राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । मंगलवार बसेको सभाको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।