SHARE
पर्दाफास · मङगलबार ९ भौ २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

सभामुख डीपी अर्यालको सासू आमाको निधनपछि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक सभामुख डोलप्रसाद (डीपी) अर्यालकी सासू आमाको निधनपछि स्थगित भएको छ। मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक विशेष कारण जनाउँदै स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। सभामुख अर्यालको निजी सचिवालयका अनुसार उहाँकी सासू आमाको निधनका कारण बैठक स्थगित गरिएको हो।