SHARE
पर्दाफास · मङगलबार ९ भौ २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद् जाने, यस्तो रहेछ चस्मा लगाउनुको कारण

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ। प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा प्राप्त भएको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । यो पत्र पुगेसँगै अब प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद्‌मा उपस्थित हुने भएका छन् ।