SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ०२:३३ AM · 1 मिनेट पढाइ

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी प्रशासकीय भवन निर्माण अघि बढाएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा जग्गाधनीको सहमतिमा चक्लाबन्दी गरी मापदण्डअनुसारको जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध भएको छ । बाँकी जग्गा भने जग्गाधनीलाई नै फिर्ता गरिएको छ ।