SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

कोशी प्रदेशसभाः मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत प्राप्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न उनले प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम प्रस्ताव पेस गरेका थिए ।