SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

सरकारको कृषि नीति र बजेटबीच विरोधाभास छः सांसद सुब्बा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले कृषि क्षेत्रसम्बन्धी सरकारको नीति र बजेटबीच विरोधाभास रहेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले मुलुकको बजेटको आकार बढ्दै गएपनि सरकारले कृषि क्षेत्रको बजेट कटौती गरिरहेको आरोप लगाए ।