SHARE
पर्दाफास · सोमबार ८ भौ २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

नेप्से १९ अंकले घट्यो, ३ अर्ब २३ करोडको कारोबार

नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५४९ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।