SHARE
मकालु खबर · सोमबार ८ भौ २०८३ १०:१० AM · 1 मिनेट पढाइ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते

महेन्द्रनगर । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान गौरसिंह महराको मृत्यु भएको हो । से ३ प ५२७४ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।