SHARE
पर्दाफास · सोमबार ८ भौ २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

सरकारलाई सांसद मनिष झाको खबरदारी- डोजर प्रहार गरिबमाथि मात्रै नहोस्, सबैमाथि समान व्यवहार होस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद झाले अतिक्रमण हटाउने नाममा गरिब तथा निमुखाको आवासमा मात्रै डोजर चलाउन नहुने बताएका हुन् ।