SHARE
पर्दाफास · सोमबार ८ भौ २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

भारतको सहयोगमा पाटनमा पुनर्निर्मित कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन

भारत सरकारको सहयोगमा ललितपुर स्थित पाटनमा पुनर्निर्मित ऐतिहासिक तथा सांस्कृतिक सम्पदा स्थल श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन गरिएको छ। सोमवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा दुवै सम्पदाको उद्घाटन गरेका हुन्।