SHARE
पर्दाफास · सोमबार ८ भौ २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्चमा देउवा–खड्काको छुट्टाछुट्टै रिट

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट निवेदन सोमबार सर्वोच्च अदालतमा पेश गरेका छन्।