SHARE
पर्दाफास · सोमबार ८ भौ २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

१२ बुँदे माग राख्दै चल्ला बोकेर पोल्ट्री व्यवसायी आन्दोलनमा

कुखुरापालक किसानहरूले आफ्नो पेशामा भोग्नुपरेका विविध समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै कृषि, वन तथा वातावरण मन्त्रीसमक्ष १२ बुँदे माग राखेका छन् । उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य तोकिनुपर्ने र बजारमा व्याप्त बिचौलियाको एकाधिकार अन्त्य हुनुपर्नेलगायतका मागसहित उनीहरूले माइतीघरमा प्रदर्शन गरे । कुखुराको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने माग गरिएको छ ।